Today is Wed, 15, Apr, 2026

युनिभर्सिटी क्यानाडा वेस्टबारे  काउन्सिलरहरुसंगको अन्तरक्रिया सम्पन्न


  • Educast Nepal
  • November 27, 2022 Published on: 3 Year Ago
  • 2,300 Views

    काठमाडौं। क्यानाडाको भ्यानकुभरस्थित युनिभर्सिटी क्यानाडा वेस्टबारे शैक्षिक काउन्सिलरहरुसंगको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।  राजधानीको चपलीस्थी ड्रिम गार्डेन रिसोर्टमा सम्पन्न सो कार्यक्रममा युनिभर्सिटी क्यानाडा वेस्टको दक्षिण एशिया, अफ्रीका तथा मध्य पूर्व एशियाका निर्देशक दिपांश सिंगलाले सो विश्वविद्यालयको शैक्षिक प्रणालीका साथै अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि प्रदान गरिने सेवा सुविधाका बारे काउन्सिलरहरूसंग छलफल गरेका थिए।  साथै उनले क्यानाडामा नेपाली विद्यार्थीहरुका लागि निकै नै धेरै अवसर रहेको समेत जानकारी दिए।

    त्यस्तै कार्यक्रमका संयोजक तथा विश्वविद्यालयका सिनियर बिजिनेस डेभलपमेन्ट म्यानेजर नेत्र कोइरालाले उपस्थित सबै काउन्सिलरहरुलाई धन्यबाद दिंदै आगामी दिनमा सहकार्य गरेर जानुपर्नेमा जोड दिए।

    कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।

    Write your comment