Today is Mon, 02, Mar, 2026

काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक मेला हुने


  • Educast Nepal
  • February 11, 2020 Published on: 6 Year Ago
  • 2,608 Views

    काठमाडौं । एसआई यूके नेपालको आयोजनामा काठमाडौंमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको शैक्षिक मेला हुने भएको छ । एसआई यूके नेपाल ब्रान्च उक्त मेला गर्न लागेको जनाएको छ ।


    फागुन १० (फेब्रुअरी २२) मा होटल अन्नपूर्णमा हुन लागेको एसआई यूके नेपालका डाईरेक्टर विनय अधिकारीले बताए । अधिकारीका अनुसार मेलामा यूकेका २० वटा भन्दा बढी यूनिभर्ससिटीको सहभागिता रहनेछ ।



    साथै मेलामा करिब एक हजारले प्रत्यक्ष रुपमा लाभान्विभत हुने अनुमान गरिएको अधिकारीको भनाई छ । अधिकारीका अनुसार मेला विद्यार्थीलाई प्रत्यक्ष रुपमा यूनिभर्ससिटीबाट परामर्श सुविधा उपलब्ध गराउने उद्देश्यले आयोजना गर्न लागिएको हो ।

    मेलामा सहभागि हुनका लागि एसआई यूके नेपालको ब्रान्च अफिस पुत्तलीसडकस्थित कृषि विकास बैंकको दोस्रो तल्लामा रहेको कार्यालयमा सम्पर्क गर्न सकिने छ ।

    नेपालबाट विकसित मुलुकका राम्रा युनिभर्ससिटीमा अध्ययन गर्न जाने क्रम बढेसँगै पछिल्लो समय यूकेमा पिएस डब्लू भिसा प्रणाली खुल्ला गर्न लागिरहँदा र यूके यूरोपबाट बेक्जिट हुँदा धेरैलाई जबको सुविधा मिल्ने सम्भावना बढेकाले पनि यूके अध्ययन गर्न जाने विद्यार्थीको आर्कषण ह्वात्तै बढेको देखिन्छ
    २२ वटा देशमा फैलीएको एसआई यूकेले विश्वभरी ५० वटा अफिस मार्फत सेवा प्रवाह गर्दै आएको छ । एसआई यूकेले बेलायतमा १ सय २० वटा भन्दा बढी विश्व विद्यालयमार्फत सहकार्य गर्दै आएको छ ।

    Write your comment