Today is Mon, 02, Mar, 2026

ग्लोबल मेनेजमेन्ट फाउन्डेसन को १८ औ बार्षिकोत्सब भब्यताका साथ सम्पन्न


  • Educast Nepal
  • July 29, 2022 Published on: 3 Year Ago
  • 576 Views

    काठमाडौँ, १३ श्रावण ।  विगत १८ बर्ष देखि जापानलाई केन्द्र बनाएर शैक्षिक परामर्श प्रदान गर्दै आएको ग्लोबल मेनेजमेन्ट फाउन्डेसनले आफ्नो स्थापनाको १८औ बर्षगाठ भब्यताका साथ मनाएको छ।

    ‘ ग्लोबल मेनेजमेन्ट फाउन्डेसन प्रा लि ले आफ्नो १८ औ बर्षगाठ मनाइरहँदा, आजको अवस्थासम्म आइपुग्न हामिलाई विश्वाश गरी प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने अभिभावक, विद्यार्थी, प्रशिक्षक, शुभचिन्तक एवम सबै सबै देश तथा बिदेशमा रहनु हुने सुभेक्षुक  हरु मा हार्दिक आभार ब्यक्त गर्दछौ’ संस्थाका मेनेजीङ डाइरेक्टर नारायण प्रसाद सापकोटाले जानकारी गराउनु भयो।

    साथै आगामीदिनमा हाम्रो सेवा लाई अझ चुस्त दुरुस्त, बिद्यार्थी मैत्री, सुलभ, विश्वाशनिय, जिम्मेवार तथा गुणस्तरीय बनाउने कुरा मा हामी हाम्रो प्रतिबद्दत्ता ब्यक्त गर्दछौ! सापकोटाले भन्नु भयो।

    कार्यक्रममा ग्लोबल मेनेजमेन्ट फाउन्डेसनको यो सफल यात्रामा साथ दिनुहुने ग्लोबल फेमेलीहरूलाई सम्मान समेत गरिएको थियो।


    ग्लोबल मेनेजमेन्ट फाउन्डेसन प्रा लि ले आफ्नु १८ औ बर्षगाठ मनाइरहँदा टोल सरसफाई, जापानिज ल्याङ्ग्वेज स्पिच कन्टेस्ट लगायत बिभिन्न क्रियाकलापहरू बर्ष भरीनै गरीने समेत जानकारी गराइएको छ। 

    Write your comment