Today is Thu, 15, Jan, 2026

प्रोफेशनल एजुकेसन कन्सल्टेन्सीको अस्ट्रेलियन हायर एजुकेशन फेयर आयोजना हुँदै

Australian higher education fair 2022 in Nepal 🇳🇵

  • Educast Nepal
  • August 16, 2022 Published on: 3 Year Ago
  • 1,937 Views

    काठमाडौं, प्रोफेशनल एजुकेसन कन्सल्टेन्सीले यहि २०२२ अगस्ट २० तारीख द एभरेस्ट हाेटल न्यू बानेश्वरमा अस्ट्रेलियन हायर एजुकेशन फेयर आयोजना गर्ने भएको छ।
    स्थापनाको २९ औ वार्षिक ऊत्सव मनाइरहँदा प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीले विद्यार्थीहरुको सफलता नै आफ्नो उपलब्धी मान्दै विविध क्रियाकलाप मार्फत विद्यार्थी र अभिभावकहरुलाई सेवा पुर्‍याइरहेको छ।

    ऊक्त शैक्षिक मेलामा अस्ट्रेलियाको अष्ट्रेलियन क्याथोलीक युनिभर्सिटी, सेन्ट्रल कुइन्जल्याड युनिभर्सिटी, क्यान्टवरी इन्स्टिच्युट अफ म्यानेजमेन्ट, कर्टीन युनिभर्सिटी, डेकीन युनिभर्सिटी, एक्सेेल्सीया कलेज, ग्रीफिप्त युनिभर्सिटी, मक्वायरी युनिभर्सिटी, आर एम आइ टी युनिभर्सिटी, आई सी एम एस, ल्याट्रोब युनिभर्सिटी, नभितास्, साउदर्न क्रस युनिभर्सिटी, द युनिभर्सिटी अफ एडीलाईड, युनिभर्सिटी टेक्नोलोजी सिड्नी, युनिभर्सिटी अफ न्यु ईङ्लायान्ड, वेस्टर्न सिड्नी युनिभर्सिटी, न्यु क्यास्टल युनिभर्सिटी, जस्ता थुप्रै शैक्षिक संस्थाहरूको स्टल रहने बताईएको छ।
    शैक्षिक मेलाको अस्ट्रेलियन अलायन्स ईन्सुरेन्स, ई टि एस टोफेल, पियर्सन पि टी ई एकेडेमीक सपोरटीङ पार्टनरको रुपमा रहेको छ।
    विहान १० वजे देखि बेलुकी ५ वजे सम्म सन्चालन हुने शैक्षिक मेलामा विद्यार्थीलाई लक्षीत गरी शैक्षिक परामर्श प्रदान गरीनुका साथै पढाइ हुने विषय र स्कलरसीपको बारेमा थप जानकारी दिइनेछ।  विद्यार्थी तथा अभिभावकहरुले प्रत्यक्षरूपमा युनिभर्सिटी, कलेज र इन्स्टिच्युटहरूका प्रतिनिधिहरुसंग शाक्ष्यात्कार गरी  विद्यार्थीहरूले आफ्नो गन्तव्य छान्न सक्नेछन्।

    शैक्षिक मेलाको वारेमा सम्पूर्ण जानकारी लिन तलको लिङ्क मा जानुहोस्।

     

    Write your comment