Today is Mon, 02, Mar, 2026

विविध कन्सल्ट्यान्सले टिकटक कम्पिटिसन आयाेजना गर्दै


  • Educast Nepal
  • August 31, 2022 Published on: 3 Year Ago
  • 618 Views

    काठमाडौं। ‘विविध कन्सल्ट्यान्स’ ले बिध्यार्थीहरूलाई प्रोएक्टीभ बनाउने उदेश्यले टिकटक कम्पिटिसन कार्यक्रम आयाेजना गर्ने भएको छ। टिकटक कम्पिटिसनमा प्रतियोगीले कुनै पनि एक विषयमा भिडियो बनाउनु पर्नेछ तर उक्त भिडियो कुनै पनि हिंसा वा हानिकारक गतिविधि संग सम्बन्धित हुनु हुँदैन । प्रतियाेगीले बनाएको उक्त भिडियोलाई ‘विविध कन्सल्ट्यान्स’ को आफ्नै अफिसियल टिकटक पेजमा पोस्ट कमेन्ट गर्नुपर्नेछ।  सहभागी हुने प्रतियाेगीले प्रथमले १५ हजार, दोश्रोले १० हजार र तेस्राेले ५ हजार जित्न सक्ने आयोजकले जानकारी गराएको छ। टिकटक पठाउन चाहने प्रतियाेगीले vividconsultants_nepal मा पठाउनु पर्ने छ । सहभागी हुन चाहनेले ‘विविध कन्सल्ट्यान्स’ मा कार्यरत अभास थापा (९८४९०५९६७५) वा दिपक थापा (९८४३१८४६६८) लाई सम्पर्क राखि आफ्नाे नाम दर्ता गर्न सक्नुहुनेछ । उक्त टिकटक प्रतियाेगीता विजेताले ‘विविध कन्सल्ट्यान्स’ काे (इन्स्टाग्राम र fb मार्फत) सेप्टेम्बर 18 सबैमा जानकारी गराइने छ ।

    Write your comment