Today is Thu, 15, Jan, 2026

माछापुच्छ्रे आई वी वर्ल्ड स्कुलको स्पोर्ट्स एकेडेमी समुद्घाटन


  • Educast Nepal
  • September 18, 2022 Published on: 3 Year Ago
  • 2,990 Views

    ललितपुर। माछापुच्छ्रे आइ वि वर्ल्ड स्कुलले अतिथि, विद्यार्थी र अभिभावकहरूको बाक्लो उपस्थितिमा Machhapuchchhre Sports Academy समुद्घाटन सम्पन्न गरेकाे छ। स्कुल परिवारहरूको बाक्लाे उपस्थितिमा विद्यार्थीकाे पढाइ र बौद्धिक क्षमता वृद्धि बिकासकाे उच्च कदर गर्दै उनीहरूलाई मनाेरञ्जन साथ नयाँपन दिलाउने उदेश्यले उक्त स्पाेर्ट कार्यक्रम आयाेजना गरिएकाे माछापुच्छ्रे
    आइ वि वर्ल्ड स्कुलका एकेडेमीक डिरेक्टर सम्पूर्ण देवपाटेले जानकारी गराउनु भयाे । स्कुल सञ्चालक समितिका अध्यक्ष तथा मेनेजिङ डिरेक्टर डा. विनाेद प्रसाद यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिमा नेपाल अभिभावक संघ अध्यक्ष तथा बागमती प्रदेश तेक्वान्दो संघका केशव पुरी, विशेष अतिथिहरूमा CTEVT तथा तेक्वान्दो संघ उपाध्यक्ष रमेश बखती, बागमती प्रदेश तेक्वान्दो संघका महासचिव हरिहर ढुंगाना रहनु भएकाे थियाे भने अतिथिका रूपमा माछापुच्छ्रे खेलकूद दूत अन्जन विष्ट, ललितपुर महानगरपालिका–१३ वडा सदस्य कृष्णप्रसाद कोइराला, वरिष्ठ तेक्वान्दो प्रशिक्षक राजेश प्रजापति, ललितपुर महानगरपालिका वडा नं. १३ काे वडा सदस्य रवि बोगटी, ललितपुर महानगरपालिका वार्ड सचिव मणिराज बोगटी , फुटबल प्रशिक्षक नरेश थापा, बास्केटबल कोच राजेश महर्जन, माछापुच्छ्रे आई वी वल्ड स्कुलका प्रेस सल्लाहकार तथा जुपिटर मिडियाका निर्देशक सुनील आचार्य लगायतका थुप्रै व्यक्तिकाे बाक्लाे उपस्थितिका साथ कार्यक्रम सम्पन्न भएकाे माछापुच्छ्रे आई वी वाेल्ड स्कुलले जानकारी गराएकाे छ ।

    ललितपुरकाे कुसुन्ति स्थित आफ्नै प्राङगणमा  कार्यक्रम भव्य, सव्य र मर्यादित तवरबाट स्पोर्ट्स एकेडेमीको समुद्घाटन सम्पन्न गरीएको हो ।

    Write your comment