Today is Thu, 15, Jan, 2026

माछापुच्छ्रे मोडल यूनाइटेड नेशन (मुन) कार्यक्रम मंगलबार सम्पन्न


  • Educast Nepal
  • August 2, 2022 Published on: 3 Year Ago
  • 676 Views

    ललितपुर, कुसुन्ती स्थित माछापुच्छ्रे आई वि वल्ड स्कुलमा संयुक्त राष्ट्र संघको नमुना अभ्यास गराउने उद्देश्यका साथ माछापुच्छ्रे मोडल यूनाइटेड नेशन (मुन) कार्यक्रम मंगलबार सम्पन्न भएको छ । तीन दिन सम्म आयोजना गरेको माछापुच्छ्रे मुन कार्यक्रममा सहभागी विद्यार्थीहरुले संयुक्त राष्ट्र संगठनको अवधारणा र अभ्यासको विषयमा ज्ञान हासिल गर्न सफल भएका छन ।
    विभिन्न सत्रमा कार्यक्रम सञ्चालन गर्नका लागि चार वटा कमिटीहरु निर्माण भएको थियो। शुक्रबार, सोमबार र मंगलबारको सत्रमा संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी उच्च आयोग ले २१औं शताब्दीमा विश्वव्यापीकरण भएको विश्वमा राज्यविहीनता र दासत्वको मुद्दा, औषधि र अपराधका लागि संयुक्त राष्ट्र संघले सिंथेटिक ड्रग्स एक विश्वव्यापी समस्या, संयुक्त राष्ट्रसंघीय महिला नियोगले बाल र जबरजस्ती विवाह विरुद्ध कानून सुनिश्चित गर्न उपायहरू र संयुक्त राष्ट्र सुरक्षा परिषद ले अफगानिस्तानको अवस्था सम्बन्धि एजेन्डामा रहि विधार्थीहरुले आफ्नो परिषद् मार्फत बृस्तृत छलफल गरी तार्किक भनाइहरु प्रस्तुत गरेको माछापुच्छ्रे मुनका सल्लाहकार तथा शैक्षिक निर्देशक सम्पूर्ण देवापाटेले जानकारी गराउनु भयो।
    तिन दिन भएको छलफल सत्रको निष्कर्षको रुपमा हरेक कमिटीहरुले आफ्नो संकल्प पत्र तयार पारेका थिए । विद्यालयका शैक्षिक निर्देशक देवापाटेले मुनकार्यक्रमले विद्यार्थीहरुको नेतृत्व विकास, कुटनीतिक सीपको विकास, वाक कलाको सीपको विकासलगायतको सीप विकास हुने बताउनु भयो। विद्यालयमा सम्पन्न समापन कार्यक्रममा विद्यालयका अध्यक्ष तथा व्यवस्थापकिय निर्देशक डा. विनोद प्रसाद यादव, शैक्षिक निर्देशक सम्पूर्ण देवापाते र प्रिन्सिपल अज बहादुर के.सी. मार्फत विभिन्न समितिका उत्कृष्ट प्रतिनिधि विद्यार्थीहरुलाई खादा र मेडल ले सम्मान गरिएको थियो ।

    Write your comment