Today is Thu, 15, Jan, 2026

ललितपुर इक्यान एजुकेसन फेयर भोली बाट 


  • Educast Nepal
  • August 4, 2022 Published on: 3 Year Ago
  • 1,183 Views

    अन्तर्राष्ट्रिय शैक्षिक मेला हरेक हप्ता जस्तो काठमाडौंमा हुने गर्दैछ । तर यस पटक ललितपुरमा अन्तर्राष्ट्रिय शैक्षिक सस्थाहरु र राष्ट्रिय शैक्षिक संस्थाहरूको सङ्गलनतामा ३ दिने शैक्षिक मेला आयोजना हुने भएको छ। Dream Education hand in hand भन्ने मुल नाराका साथ एकेडमी अफ कलीनरी आर्टस एन्ड हस्पिटालिटी म्यानेजमेन्ट प्रिजेन्स अस्ट्रेलियन नेशनल इन्स्टिच्युट अफ एजुकेसन, ई क्यान ललितपुर एजुकेसन फेयर आयोजना हुने भएको छ।

     

    ऊक्त शैक्षिक मेलाको ईन एसोसिएसन विथ ब्रिटिस अमेरिकन एडुकेयर रहेको छ। ऊक्त मेलामा ब्रिटिस काउन्सिल लगायत ललितपुरका ऊत्कृष्ट शैक्षिक परामर्श व्यवसायहरूले आफ्नो स्टल राखी परामर्श प्रदान गरिनेछ भने विभिन्न युनिभर्सिटी, कलेज र ईन्स्टिच्युटका प्रतिनिधिहरूले विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा भेटेर परामर्श प्रदान गर्नेछन। शैक्षिक मेलाको आकर्षणमा करीयर वर्क सप, स्कलरसीप र पहिलो हजार बिध्यार्थीहरूलाई एट्राक्टीभ गिफ्ट ह्यामपर र क्यु एफ एक्स् टिकटको समेत व्यवस्था गरीयको छ ।

    लगनखेलको एकेडमी अफ कलिनरी आर्टमा श्रावण २० गते देखि २२ गतेसम्म तदनुसार अगस्ट ५ तारिख देखि ७ तारिख सम्म विहान १० वजे देखि वेलुकी ५ बजेसम्म शैक्षिक मेला आयोजना हुने ललितपुर ईक्यानका अध्यक्ष उपेन्द्र देव ढकालले जानकारी गराउनु भयो। “ललितपुरमै पहिलो पटक यति धेरै शैक्षिक संस्थाहरूको सङ्गलनतामा यो शैक्षिक मेला आयोजना हुँदैछ। विद्यार्थी र अभिभावकले यसबाट भरपुर फाइदा ऊठाउन सक्नु हुनेछ”। ढकालले बताउनु भयो।

    Write your comment