Today is Thu, 15, Jan, 2026

ललितपुर इक्यान एजुकेसन फेयरको दोस्रो दिन पनि भब्य


  • Educast Nepal
  • August 6, 2022 Published on: 3 Year Ago
  • 598 Views

    ललितपुरमै पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला आयोजना भए संगै बिध्यार्थी, अभिभावक र स्कुल कलेजका पदाधिकारीहरूको बाक्लो उपस्थित रहेको छ। मेला आयोजना भएको खबर पाई ग्रामीण भेग लुभु, लामाटार, गोदावरी, हरिसिद्धि, चापागाउँ, ठेचो, सुनाकोठी लगायतका बिध्यार्थी र अभिभावकले आफ्नै सहरमा अन्तराष्ट्रिय शैक्षिक मेला आयोजना गरीदीएकोमा आयोजक प्रती स्थानीयले आभार व्यक्त गरेका छन्।
    बिषेशत प्राइभेट कलेज तथा सरकारी कलेजका प्रिन्सिपल, प्रोफेसर र  जिज्ञासुहरूले स्टल मार्फत अन्तर्राष्ट्रिय शैक्षिक पद्धति, शिक्षाको गुणस्तर र अन्तर्राष्ट्रिय क्षेत्रमा भए गरेका रीसर्चका बारेमा भरपुर जानकारी लीएका थिए।
    शैक्षिक मेलाको स्टलबाट युनिभर्सिटी, कलेज र इन्स्टिच्युटका प्रतिनिधिले आफ्नो शैक्षिक संस्थामा सन्चालीत शैक्षिक कार्यक्रम, न्युनतम योग्यता, छात्रवृत्ति लगायतका बारेमा जानकारी गराउनु भएको थियो।
    शैक्षिक मेलामा समावेश भएका विद्यार्थीलाई आकर्षक पुरस्कारको समेत ब्यबस्था गरीएको थियो।
    दोस्रो दिन पनि बेलुकी ५  बजेसम्ममा  करिब चार हजार बिध्यार्थीहरूले शैक्षिक मेला भ्रमण गरेको आयोजकले जानकारी गराएका छन् ।भोली अन्तिम दिन भएकाले हिजो र आज जस्तै उत्साहजनक उपस्थितीको लागि समेत आह्वान गरेको छ। 

    Write your comment