Today is Fri, 17, May, 2024

मिड-भ्याली इन्टरनेशनल कलेजका बीबीए(फाइनान्स)फस्ट ब्याचका विद्यार्थीहरूद्वारा “नेपालमा वित्तीय प्रविधिको बढ्दो उपयोग” शीर्षकमा प्यानल डिस्कसन सम्पन्न


  • Educast Nepal
  • August 7, 2022 Published on: १ Year Ago
  • Listen to this article

    काठमाडौं। ५ अगस्ट २०२२ मा मिड-भ्याली इन्टरनेशनल कलेजका बीबीए(फाइनान्स) फस्ट ब्याचका विद्यार्थीहरूद्वारा “नेपालमा वित्तीय प्रविधिको बढ्दो उपयोग” शीर्षकमा प्यानल डिस्कसन सफलतापूर्वक आयोजना गरिएको थियो। यो कार्यक्रम आयोजना गर्नु उनीहरूकै पाठ्यक्रमको एक हिस्सा थियो। यो कार्यक्रम स्थानीय र विश्वव्यापी परिप्रेक्ष्यमा फिनटेक उद्योगमा भएका आविष्कारहरू/परिवर्तनहरू अन्वेषण गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो। साथै, विद्यार्थीहरूलाई यस बढ्दो उद्योगको नजिक ल्याउन र वर्तमान परिदृश्य र भविष्यका सम्भावनाहरूको सन्दर्भमा चेतना जगाउने लक्ष्य राख्नु नै हो। यसबाहेक, यसले विचारहरू र सूचनाहरू साझा गर्नका साथै प्रमुख उद्योगको बिश्लेसणात्मक ज्ञान प्राप्त गर्नको लागि एक सूचनात्मक प्लेटफर्म सिर्जना गर्ने लक्ष्य राख्छ जुन फलस्वरूप ठूलो प्रेरणामा परिणत हुन सक्छ। प्यानल डिस्कसन कार्यक्रममा काठमाडौंका विभिन्न +२ कलेजहरूका २०० भन्दा बढी विद्यार्थीहरू र शिक्षा/फिनटेक समुदायका अतिथिहरूको उपस्थिती रहेको थियो। छलफलका क्रममा  F1Soft International Pvt. Ltd.  का सिईओ  शुभाष शर्माले  सिमलेस लेनदेनको लागि प्राविधिक प्लेटफर्ममा व्यवसाय र मानिसहरूलाई जोड्दा खर्च कम,  समय बच्नेर र पारदर्शिता रहने जानकारी गराउनु भयो।  ठमेल रेमिट प्रालिका सह-संस्थापक बालकृष्ण जोशीले २१औ शताब्दीले दिएको उपहार नै प्रविधि हो, पैसा क्षणभरमै एक ठाउँबाटअर्को ठाउँमा पठाउन हाल एती सहज छ। यही प्रविधि आफ्नो ब्याबसाय ढुक्क संग गरीरहेको अनुभव जोशीले बिध्यार्थीहरूलाई छलफल मार्फत प्रस्तुत गर्नु भयो।
    छलफलकै क्रममा सोर्स कोड प्रा. लिमिटेडका मेनेजीङ डाइरेक्टर अभिजित श्रेष्ठ, डाटा-केन्द्रित निर्णय लिने र प्रविधिलाई उच्च उपयोग गर्न सकेका अत्यधिक नव युवा ब्याबसायी सहजै सफल भए को उदाहरण दिदै बिध्यार्थीहरूलाई उत्प्रेरणात्मक प्रस्तुती दिनु भए को थियो।
    प्यानल डिस्कसको साथसाथै  Mid Valley International College का विद्यार्थीहरूले आफ्ना सांगीतिक  नृत्य प्रस्तुत गरे, जसले दर्शकहरूमा उत्साह थप्यो। कार्यक्रमको अन्तमा उपस्थित प्यानलीस्ट र अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।
    कार्यक्रम सम्पन्न पश्चात मिड-भ्याली इन्टरनेशनल कलेजको इन-हाउस रेस्टुरेन्टमा BHM अध्ययन गर्दै गरेका विद्यार्थीहरुले तयार पारिएको खाना आतिथ्यताका साथ अतिथिहरूलाई  फुड टेस्ट गरिएको थियो।
    कार्यक्रमलाई सिंगापुर बेभरेज नेपाल प्रालिले प्रायोजन गरेको थियो। कार्यक्रमको मिडिया पार्टनर जुपिटर मिडिया थियो।

    Write your comment