Today is Fri, 17, May, 2024

ड्रिम नेक्स्ट एजुकेशन फाउन्डेशन द्वारा क्यानडा इन्फर्मेसन सेसन सम्पन्न


  • Educast Nepal
  • September 6, 2022 Published on: १ Year Ago
  • Listen to this article

    ललितपुर। ड्रिम नेक्स्ट एजुकेशन फाउन्डेशनले क्यानडा गई उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई ‘Canada In House Info Session 2022’ आयाेजना गरेकाे छ । ‘Dream Next Education Foundation ले क्यानडा अध्ययन गर्न चाहने विद्यार्थीलाई केन्द्रित गर्दै स्कलरसीप सहितकाे नयाँ एडमिसन डे सन्चालन गरेको संस्थाका चेयरम्यान सन्तोष मण्डलले जानकारी गराउनु भयो।

    कार्यक्रम 5th september 2022मा ललितपुरकाे कुमारिपाटी आफ्नै कार्यालयमा कार्यक्रम सम्पन्न भएकाे हाे। कार्यक्रमकाे मुख्य उद्देश्य भनेकै क्यानडा अध्ययन गर्न जाने विद्यार्थीका लागि उपयुक्त शैक्षिक परामर्श ,  फाईनान्सियल डकुमेन्टेसन गाइडलाइन, एप्लाई प्राेसेस गाईडेन्स प्रदान गर्नु रहेकाे थियाे । कार्यक्रममा सहभागी विद्यार्थीहरूकाे बाक्लो उपस्थिति रहेकाे थियाे । विद्यार्थीहरूले ईन्टरनेसनल
    रिक्रूटमेंट म्यानेजर विनिता बास्ताेला अधिकारी सँग साक्षात्कार गरेका हुन्।
    ड्रिम नेक्स्ट एजुकेशन फाउन्डेशनले स्थापनाकाल देखि नै क्यानडा, यु एस ए, अष्ट्रेलिया, न्युजल्याण्ड, आयरल्याण्ड लगायतका शैक्षिक गन्तव्यमा उच्च शिक्षाका लागि परामर्श प्रदान गर्दै आइरहेको छ।

    Write your comment