Today is Fri, 17, May, 2024

बिग एजुकेसनको स्टडी इन क्यानडा इन्फर्मेसन सेसन सम्पन्न 


  • Educast Nepal
  • September 15, 2022 Published on: १ Year Ago
  • Listen to this article

    काठमाडौं। यसै साता नयाँ बानेश्वर अवस्थित बिग एजुकेसन कन्सल्टेन्सीमा क्यानडा पढ्न जान इच्छुक बिद्यार्थीहरुलाई लक्ष्यित गरि इन्फर्मेसन सेसनको आयोजना गरीएको छ। ऊक्त कार्यक्रममा अल्गोमा युनिभर्सिटीकी म्यानेेजर रिजनल रिक्रूटमेंट मिस nisha darmwal ले उपस्थित विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै क्यानडाको अल्गोमा युनिभर्सिटीमा पढाइ हुने विषय, स्कलरसीप र अन्तर्राष्ट्रिय बिद्यार्थीहरुलाई उपलब्ध सुविधाको बारेमा जानकारी गराएकी थिईन। त्यसै गरी इन्फरमेसन सेसनमा अल्गोमा युनिभर्सिटीमा अध्ययन गर्न ईच्छुक विद्यार्थीहरुलाई अल्गोमा युनिभर्सिटीको वेब साइट www.algomau.ca भिजीट गरी आवश्यक जानकारी लिन सकीने कुरा बताउनु भयो।

    उक्त कार्यक्रममा एप्लाई बोर्डकी इन्टरनेसनल रिक्रूटमेंट मेनेजर शिवानी श्रेष्ठले  विद्यार्थीहरुलाई आवश्यक पर्दा आफू नेपालमै रहने र बिग एजुकेशन कन्सल्टेन्सी निरन्तर भ्रमण गर्ने हुँदा अल्गोमा युनिभर्सिटीको बारेमा बुझ्न बिग एजुकेशन कन्सल्टेन्सी आउन समेत आह्वान गर्नु भयो।

    तसर्थ क्यानडा गई उच्च शिक्षा हासिल गरि व्यक्तित्व विकास गर्न चाहने विद्यार्थीले अल्गोमा युनिभर्सिटीको बारेमा बुझ्न बिग एजुकेसन सम्पर्क राख्न सक्नु हुनेछ। बिग एजुकेशन कन्सल्टेन्सीले क्यानडा मात्र नभई अष्ट्रेलिया, न्युजल्याण्ड, यु.यस.ए., युके, जापान, माल्टा लगायतका शैक्षिक गन्तव्यको बारेमा सत्यतथ्य जानकारी प्रदान गर्दै आइरहेको छ।इन्फरमेसन सेसनमा चेयरम्यान सुरज खड्काले बिग एजुकेशन र त्यहाँबाट दिइने IELTS र PTE को कक्षाको बारेमा, शैक्षिक परामर्श, डकुमेन्टेसन र बिदेश अध्ययनको जुनसुकै जिज्ञासाहरू बारेमा बुझ्न नयाँ बानेश्वर स्थित नबिल बैङ्कको चौथो तल्ला रहेको बिग एजुकेशन कन्सल्टेन्सीमा आउनको लागी विद्यार्थीहरुलाई यसै कार्यक्रम मार्फत स्वागत गर्नु भयो। साथै आफ्ना थप पाँचवटा शाखाहरूबाट पनि सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउनु भयो।

     

    Write your comment