Today is Thu, 15, Jan, 2026

ग्यालेक्सी पब्लिक स्कुल प्लस टु यस इ ई कप सम्पन्न


  • Educast Nepal
  • July 29, 2022 Published on: 3 Year Ago
  • 1,989 Views

    काठमाडौं, १३ श्रावण। गुणस्तरीय शिक्षाका लागि प्रशिद्ध ग्यालेक्सी पब्लिक प्लस टु ले आफ्नो नियमित शैक्षिक कार्यक्रम वाहेक विभिन्न अन्तरकृयात्मक कृयाकलापबाट विद्यार्थीहरूको सर्वाङ्गीण विकास गराई रहेको छ। ग्लेक्सी पब्लिक स्कुल प्लस टु ले  गत साता  यस इ ई कप फुट्सल टुनामेन्ट सम्पन्न गरेको छ। कार्यक्रममा २२ वटा बिभिन्न कलेजले उक्त खेलकुद कार्यक्रममा सहभागिता जनाएका थिए। कार्यक्रम ग्यालेक्सी पब्लिक स्कुलको आफ्नै खेल मैदानमा विहान ९ बजे बाट वेलाका ५ वजे सम्म सन्चालन भएको थियो। कार्यक्रमलाई सिङ्गापुर वेभरेज नेपाल, जिरू दि टेस्ट अफ नेपाल, निम्बु पानी त्यसै गरी स्पोन्सरमा मिड भ्याली इन्टरनेसनल कलेज, एरो इन्टरनेसनल एजुकेसन, छबी सर्भिस सप्लायर्स् लगायतका संस्था रहेका थिए। थुुप्रै प्रतिस्पर्धीलाई आफ्नो उत्कृष्ट खेल प्रस्तुत गरेर जन प्रभात सेेकेन्डरी स्कुल दृतिय भई १०००० रूपैयाँको चेक हात पारेको छ। त्यसै गरि शान्तिनगर फुट्सल टिम प्रथम भई २५००० रूपैयाँको चेक प्रदान गरिनुको साथै सम्पूर्ण सहभागीलाई मेडल, प्रमाणपत्र साथै ट्रफी प्रदान गरीएको थियो। आयोजकले कार्यक्रम भव्य र सभ्यताका साथ सम्पन्न भयको जानकारी गराउनु भयो साथै सम्पूर्ण प्रतियोगिहरुलाई खेल रोचक र प्रतिस्पर्धी बनाएको मा धन्यबाद ब्यक्त गर्नु भए को थियो। विगत ३५ वर्ष अघि देेखी गुणस्तरीय  शिक्षाको प्रत्याभूति गराउदै ग्यालेक्सी पब्लिक स्कुलले समय समयमा यस्ता अतिरिक्त क्रियाकलापहरूको आयोजना गर्दै आइरहेको छ।

    Write your comment