Today is Tue, 02, Jun, 2026

जापानिज ल्याङ्ग्वेज स्कुल एसोसिएसन अफ नेपाल (जाल्सन)को दशौं साधारण सभा सम्पन्न


  • Educast Nepal
  • August 20, 2022 Published on: 3 Year Ago
  • 1,902 Views

    काठमाडौं। नेपालमा जापानीज भाषा अध्यापन गराउदै आएका स्कुलहरुको छातासङ्गठन जापानिज ल्याङ्ग्वेज स्कुल एसोसिएसन अफ नेपाल (जाल्सन)को दशौं साधारण सभा सम्पन्न भएको छ।

    आज शनिवार काठमाडौंको मेरिओट होटलमा सम्पन्न उक्त सभाले रमेश देवकोटाको अध्यक्षतामा कार्यसमिति चयन भएको जाल्सनका नवनिर्वाचित महासचिव अरूण पाण्डेले जानकारी दिए ।

    साधारण सभाले नेपालबाट जापानमा अध्ययन गर्न जाने बिद्यार्थीलाई ध्यानमा राखी बिद्यार्थीको अनिवार्य जीवनबीमा, युनिभर्सिटी, कलेज र इन्स्टिच्युट उपयुक्त छान्ने, बिद्यार्थीलाई सके सम्म अत्यधिक छात्रवृत्ति उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
    संस्थाले जापनिज भाषाको स्कुलको स्तर उन्नती, जापनिज भाषा, संस्कृतिको प्रवर्द्धन समेत गरीरहेको छ।
    सभाले समितिमा उपाध्यक्ष निमेष डङ्गोल र मोहन खड्का, महासचिवमा अरूण पाण्डे, सचिवमा महेश कुमार श्रेष्ठ, कोषाध्यक्ष ध्यान वहादुर सुब्बा, सदस्यहरूमा श्याम वहादुर कडेल, सुरेन्द्र शाहि, रमेश आचार्य, संजिव जंग वन, कोषराज गिरी, महेश ढकाल सहितको कार्यसमिति चयन भएका छन्।

    Write your comment