Today is Thu, 15, Jan, 2026

एस•आर•एम• युनिभर्सिटीको प्री ओरेन्टेसन प्रोग्राम सम्पन्न


  • Educast Nepal
  • August 28, 2022 Published on: 3 Year Ago
  • 910 Views

    काठमाडौं। कृष्णा  नयाँ बानेश्वरले काठमाडौंको होटल रोयल सिङेमा SRM UNIVERSITY पढ्न भर्ना भएका र पढ्न जान चाहने बिध्यार्थीहरू र तिनका अभिभावकहरूलाई एकै ठाउँमा राखि प्री ओरेन्टेसन प्रोग्रामको आयोजना गरेको छ।

    एस•आर•एम• युनिभर्सिटी, आन्ध्र प्रदेश, जसलाई एसआरएम युनिभर्सिटी, अमरावती पनि भनिन्छ, भारतको आन्ध्र प्रदेशको गुंटूर जिल्लाको मंगलागिरी मण्डलको नीरुकोंडा गाउँ नजिकै अवस्थित एउटा निजी विश्वविद्यालय हो।
    त्यस्तै एस•आर•एम• इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (एस•आर•एम•आई•एस•टी•),  एसआरएम युनिभर्सिटी एक निजी उच्च शिक्षा संस्थान हो जुन कट्टानकुलथुर, चेंगलपट्टु (चेन्नई नजिकै), तमिलनाडु, भारतमा अवस्थित छ। पहिले कट्टानकुलथुरमा SRM इन्जिनियरिङ कलेजको रूपमा 1985 मा स्थापित भएको थियो, SRM इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीमा पाँच क्याम्पसहरू छन्, चार तमिलनाडुमा – कट्टानकुलथुर, रामापुरम र वडापलानी, र तिरुचिरापल्ली, र एनसीआर दिल्लीमा भब्य पुर्वाधारका बिच अबस्थित छन्।
    उक्त कार्यक्रममा एस•आर•एम• इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीका इन्टरनेसनल रिलेसनस् डाइरेक्टर Mr Kartar Singh ले उपस्थित सम्पूर्ण बिध्यार्थीहरूलाई SRM-IST को शिक्षण पद्दती, अन्तर्राष्ट्रिय बिद्यार्थीहरुलाई लक्षित गुणस्तरीय शैक्षिक सेवा र नयाँ बिध्यार्थीहरूलाई आवश्यक परामर्श प्रदान गर्नु भएको थियो।
    प्री ओरेन्टेसन प्रोग्राम कै क्रममा यस•आर•एम• युनिभर्सिटी आन्ध्र प्रदेशको बारेमा जानकारी गराउँदै युनिभर्सिटीकी इन्टरनेसनल एड्मीसनस् एसिस्टेन्ट  डाइरेक्टर डाक्टर नागा श्वेता पसुपुलेटीले आफ्नो युनिभर्सिटीले बिश्व स्तरीय भौतिक पूर्वाधार, शिक्षण पद्दती र अनुसन्धानमा निकै बिकास गरिसकेको जानकारी गराउनु भयो।
    लामो समय देखि कृष्णा फाउन्डेसनले एस•आर •एम• युनिभर्सिटीलाई नेपालमा प्रबर्द्धन गरिरहेको र कृष्णा फाउन्डेसनका मेनेजीङ डाइरेक्टर सन्तोष चौधरीले
    नेपाली विद्यार्थीहरूलाई सुहाउँदो फिइस्ट्क्चर, खानपान र गुणस्तरको बिषयमा बेला बेलामा सल्लाह प्रदान गरिरहेको एस•आर•एम• इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीका इन्टरनेसनल रिलेसनस् डाइरेक्टर Mr Kartar Singh ले कार्यक्रममा जानकारी गराउनु भयो।

    Write your comment