Today is Mon, 02, Mar, 2026

JLCT NEPAL द्वारा जाल्सनका नवनिर्वाचित पदाधिकारी सम्मानित 


  • Educast Nepal
  • September 9, 2022 Published on: 3 Year Ago
  • 3,128 Views

    काठमाडौं। जापानीज ल्याङ्ग्वेज स्कुल एसोसिएसन अफ नेपाल जाल्सनको दशौं साधारण सभाबाट मनोनीत हुनुभएका १३ सदस्यीय नयाँ कार्यसमितिलाई JLCT NEPAL ले एक भब्य कार्यक्रमका बीच सम्मान तथा बधाई ज्ञापन गरेको छ। JLCT NEPAL का सञ्चालक समितिको सदस्य भवनाथ हुमागाईले कार्यक्रमको सभापतिको रूपमा आसन ग्रहण गर्नु भएको थियो।

    कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तव्य व्यक्त गर्दै JLCT NEPALका मेनेजर विवेक पाठकले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण पार्टनरहरूलाई शुभकामना समेत व्यक्त गर्नु भएको थियो।

    कार्यक्रममा जाल्सनका नवनिर्वाचित अध्यक्ष रमेश देवकोटाले जाल्सन लाई केन्द्रित गर्दै आयोजना गरीएको कार्यक्रमको उच्च सराहना गर्दै JLCT NEPAL लाई धन्यवाद व्यक्त गर्नुभयो।

    कार्यक्रममा जाल्सानका पुर्व अध्यक्ष विशाल श्रेष्ठ, नव निर्वाचित अध्यक्ष रमेश देवकोटा, उपाध्यक्ष निमेष डङ्गोल र मोहन खड्का, महासचिव अरूण पाण्डे, सचिवमा महेश कुमार श्रेष्ठ, कोषाध्यक्ष ध्यान बहादुर सुब्बा, सदस्यहरूमा श्याम बहादुर कडेल, सुरेन्द्र शाहि, रमेश आचार्य, संजिव जंङ्ग वन, कोषराज गिरी, महेश ढकाल सहितको कार्यसमितिका पदाधिकारीहरूलाई एकमुष्ट रूपमा शुभकामना तथा बधाई ज्ञापन गरिएको हो।

    Write your comment