Today is Mon, 02, Mar, 2026

काठमाडौंमा दुईदिने वार्षिक कलिङ साहित्य महोत्सव हुने


  • Educast Nepal
  • September 25, 2022 Published on: 3 Year Ago
  • 2,532 Views

    काठमाडौं। वार्षिक कलिङ साहित्य महोत्सव काठमाडौंमा आयोजना हुने भएको छ ।

    असोज २९ र ३० गते हिमालय होटल ललितपुरमा दुईदिने साहित्य महोत्सव हुने भएको छ । “भारत र नेपाल सभ्यताको यात्रा र आत्माको खोजी” भन्ने नाराका साथ सञ्चालन हुनलागेको यो कार्यक्रम साहित्यिको सबैभन्दा ठूलो उत्सव हुने आयोजकले जानकारी दिएका छन्।

    कार्यक्रममा २ सय भन्दा बढी वक्ता, कवि, तथा कलाकारहरुको सहभागिता रहनेछ । २८ भन्दा बढी सत्रमा छलफल, बहस र कुराकानी हुनेछ। “राम की शक्ति पूजा” नामको प्रस्तुति सहित चार प्रदर्शन हुनेछ जसमा सय भन्दा बढी राष्ट्रिय र राष्ट्रिय पुरस्कार विजेता कलाकारहरुले प्रस्तुति दिनेछन् । कान्तिपुर कला महोत्सवमा धेरै स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । महोत्सवमा ३० कलाकारले आ–आफ्नो कला प्रदर्शन गर्ने छन् ।

    चर्चित साहित्यकार सत्यमोहन जोशी, कनकमणि दीक्षित, तुलसी दिवस, रागिनी उपाध्याय, माया ठकुरी, डा जगमान गुरुङ, अशोक वाजपेयी, सुधीर चन्द्र, अन्तर्राष्ट्रिय बुकर पुरस्कार विजेता गीताञ्जली श्री, मृदुला गर्ग, अरुण कमल, रणजित राई, आनंद नेलकाण्डी, रञ्जित राय , प्रा गोपाल भण्डारी, वसन्त चौधरी, प्रा वासुदेव त्रिपाठी, धीरेन्द्र प्रेमराशी, अशेस मल्ल, रञ्जना निरौला, मञ्जु कञ्चुली तिवारी, नयनराज पाण्डे, डा ज्ञानु पाण्डे, तीर्थ श्रेष्ठ, ओम तन्वी, गगम, जी. अवस्थी, डा सुधा गोपालकृष्ण, व्योमेश शुक्ला, अशोक महेश्वरी, बलिउड गीतकार पियुष मिश्र र राज शेखर समीरको सहभागिता रहनेछ ।

    हिमालय होटल, ललितपुरमा हुने साहित्यिक भावना वार्षिक कलिङ्गा साहित्य महोत्सव काठमाडौंको सबैभन्दा ठूलो उत्सवमा सहभागी हुन र हाम्रो सामाजिक सञ्जालमा लाइभ सत्र हेर्न अनुरोध गर्दछौं।

    Write your comment