Today is Mon, 02, Mar, 2026

कनेक्ट अस्ट्रेलियन एजुकेशन एण्ड भिसा सर्भिस काठमाडौंको महानायक राजेश हमालद्वारा उद्घाटन 


  • Educast Nepal
  • October 19, 2022 Published on: 3 Year Ago
  • 1,809 Views

    काठमाडौं । कनेक्ट अस्ट्रेलियन एजुकेशन एण्ड भिसा सर्भिसको महानायक राजेश हमालद्वारा उद्घाटन गरिएको छ । सो एजुकेशनको पाचौं शाखाको रूपमा आज काठमाडौंको बालाजु, माछा पोखरीमा एक भव्य कार्यक्रमका बिच उदघाटन गरिएको हो । सो कार्यक्रममा प्रमुख अतिथि महानायक राजेश हमाल, बिशिष्ट अतिथि वाचन प्रवीण पण्डित दिनबन्धु पोख्रेल, कालिका नगरपालिकाका प्रमुख बिनोद रेग्मी, ईक्यानका अध्यक्ष प्रकाश पाण्डे, लायन्स क्लबका हरिप्रसाद मरहठा, नेप्स कलेजका खेम तिमिल्सिना लगायतले मन्तव्य राख्नुभएको थियो ।

    मेघराज कंडेलले स्वागत मन्तब्य दिनुभएको उक्त कार्यक्रम कनेक्ट अस्ट्रेलियन एजुकेशन एण्ड भिसा सर्भिसका अध्यक्ष देवराज कंडेलको अध्यक्षतामा भएको थियो । कनेक्ट अस्ट्रेलियन एजुकेशन एण्ड भिसा सर्भिसले विशेषगरि अस्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि निशुल्क परामर्श  तथा अस्ट्रेलियन युनर्भसिटिको प्रतिनिधिको रुपमा काम गरिरहेको कनेक्ट अस्ट्रेलियन एजुकेशन एण्ड भिसा सर्भिस, काठमाडौंकी प्रमुख उषा कंडेल तिमिल्सिनाले जानकारी दिनुभयो । सो सर्भिसको मुख्य कार्यालय चितवन, नारायणगढको लायन्स चोकमा रहेको छ । त्यस्तै शाखा कार्यालयहरु काठमाडौंको अतिरिक्त दमौली, पोखरा र अस्ट्रेलियामा रहेको काठमाडौं शाखा प्रमुख कंडेलले जानकारी दिनुभयो ।

    अन्य तस्विर हरू।

    Write your comment