Today is Thu, 15, Jan, 2026

इक्यान ललितपुर शाखाको सातौँ साधारण सभा सम्पन्न


  • Educast Nepal
  • December 25, 2022 Published on: 3 Year Ago
  • 637 Views

    काठमाडौँ: नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ललितपुर शाखाले हालसालै आफ्नो सातौँ साधारण सभा तनहुँको बन्दीपुरमा सम्पन्न गरेको छ।

    बन्दिपुरको बन्दीपुर माउन्टेन रिसोर्टमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व शाखा अध्यक्ष उपेन्द्र देव ढकालले गर्नुभएको थियो। इक्यानका केन्द्रिय कार्यवाहक अध्यक्ष देवीदाश भट्टराईको प्रमुख अतिथिका रुपमा उपस्थिति रहेको थियो।

    शुभकामना मन्तव्यका क्रममा इक्यान केन्द्रिय तृतीय उपाध्यक्ष कृष्ण हरी केसीले ललितपुर इक्यान सँगको सामीप्यता यस इन्डस्ट्रीमा आफू रहेदेखी निकट रहेको र भविष्यमा पनि निरन्तर रहने कुरा जानकारी गराउँदै साधारण सभाको सफलताको शुभकामना ब्यक्त गर्नु भयो।

    कार्यक्रममा बोल्दै इक्यानका केन्द्रिय सदस्य रत्न भट्टराईले कार्यक्रमको सफलताको शुभकामना दिनुका साथै आगामी दिनमा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रममा सम्बोधन गर्ने क्रममा इक्यान ललितपुर शाखाका पुर्व अध्यक्ष प्रकाश महत र निवर्तमान अध्यक्ष सुरेन्द्र पोखरेलले शाखाको उतरोत्तर प्रगतिकालागी सहयोग जारी राख्ने प्रतिवद्धता जनाउनु भयो। इक्यानका केन्द्रिय सचिव वासुदेव दाहाललेे आफु पहिला देखिनै ललितपुर शाखाका लागि साथ र सहयोग रहँदै आएको स्मरण गराउंदै अब पनि जारी रहने बताउनुभयो। कार्यक्रममा शाखाका उपाध्यक्ष अरबिन्द कुमार सिंहले स्वागत मन्तव्य व्यक्त गर्दै विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रम, तालिम, सभाहरुमा शाखाका सदस्यहरुको उल्लेख्य उपस्थितिका लागि इक्यानका केन्द्रिय प्रतिनिधिहरुको ध्यानाकर्षण गराउनुभएको थियो।

    उक्त कार्यक्रममा शाखाका कोषाध्यक्ष सनम महर्जनले गत वर्षको आयव्ययको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव विरेन्द्र बज्राचार्यले शाखाका गतिविधिको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो।

    थप लीङ्क हरू

    https://shilapatra.com/detail/102298

    इक्यान ललितपुर शाखाको साधारण सभा सम्पन्न

    नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ललितपुर शाखाको सातौँ साधारण सभा तनहुँको बन्दीपुरमा सम्पन्न

    भिडियो रिपोर्ट को लागि प्रतीक्षा गर्नुहोस्।

     

    Write your comment